Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट दर्ज्यानी चिन्ह प्रदान

    सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट दर्ज्यानी चिन्ह प्रदान

    अनलाइन नेपाल
  • बिहिबार, १२ साउन २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । सशस्त्र प्रहरीका १३ जना सशस्त्र प्रहरी उपरीक्षक र सशस्त्र प्रहरी नायव उपरीक्षकलाई महानिरीक्षक राजु अर्यालले दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

    सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा बिहीबार आयोजित एक समारोहका बीच सशस्त्र प्रहरी निरीक्षक पदमा बढुवा भएका अधिकृतहरूलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।



    सोही अवसरमा महानिरीक्षक अर्यालले पदोन्नती भएका अधिकृतहरुलाई हार्दिक बधाई दिदैँ आगामी दिनहरुमा कार्यसफलताको शुभकामना व्यक्त गरेका छन् । उनले पदोन्नती सँगै प्राप्त भएको जिम्मेवारी र ट्रेड अनुसारको कार्यसम्पादनमा आर्थिक अनुशासनमा रहि जिम्मेवारी निर्वाहमा लाग्न निर्देशन दिए ।



    संगठनमा आवद्ध कर्मचारीहरुको बृत्तिविकास र उन्नतिको लागि संगठनले हर सम्भव प्रयास गरिरहेको उनको भनाई छ ।

    नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको असार १३ र साउन १० गतेको निर्णयले सशस्त्र प्रहरी सेवा, साधारण समूह अन्तर्गत साधारण, कानुन, लेखा उपसमूहतर्फ सशस्त्र प्रहरी नायव उपरीक्षकबाट सशस्त्र प्रहरी उपरीक्षक पदमा र प्राविधिक समूह, अन्तर्गत स्वास्थ्य उपसमूहतर्फ प्राविधि सशस्त्र प्रहरी नायव उपरीक्षकबाट प्राविधिक सशस्त्र प्रहरी उपरीक्षक पदमा तथा सचिवस्तरकै असार २४ गतेको निर्णयले साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी निरीक्षकबाट सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा पदोन्नती भएका अधिकृतहरुलाई दज्र्यानी चिन्ह प्रदान गरिएको हो ।

    समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतम लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृतहरुको उपस्थिती रहेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार