Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

२३ वटा छत कछुवासहित दुईजना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले २३ वटा छत कछुवासहित दुई जनालाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–६ बौद्धस्थित सिद्धार्थ ओरालो नजिक छत कछुवा बिक्री हुँदै गरेको भन्ने सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा काठमाडौंको टोखा नगरपालिका-३ टोखाका २१ बर्षीय रमेश डंगोल र सुनसरीको बह्राक्षेत्र नगरपालिका-९ प्रकाशपुर घर भई हाल टोखा नगरपालिका ३ बस्ने २१ बर्षीय अनुराग मगर रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रहरी बृत्त बौद्धबाट प्रहरी परिचालित प्रहरी टोलीद्वारा चेकजाँच गर्ने क्रममा २३ वटा छत कछुवा जिबितै फेला पारी बरामद गरिएको थियो । बरामद छत कछुवासहित उनीहरुमाथि प्रहरी बृत्त बौद्धबाट थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077