Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

शेखर कोइराला भन्छन् - देशमा सुशासन छैन, दण्डहीनताको अन्त्य गर्नुपर्छ

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशमा सुशासन नरहेको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित डा. दीपकप्रकाश बाँस्कोटाद्वारा लिखित निष्‍ठाको यात्रा नामक कृतिको लोकार्पण एवं वैदिक नेपालको भविष्य नामक समारोहमा बोल्दै उनले सो कुरा बताएका हुन् ।

नेता कोईरालाले नेपाललाई श्रीलंका नबनाउने हो भने देशमा दण्डहीनताको अन्त्य, भ्रष्टाचार निर्मुल र सुशासन दिन सक्नुपर्ने बताए । उनले अहिलेका राजनीतिकर्मीहरु जनताबाट धेरै टाढा भइसकेको बताए ।

उनले राजनीतिक गर्नेहरुले जनतासँग जोडिन आवश्यक रहेको बताए । नेता कोईरालाले जनतासँग जोडिन कञ्जुस्याई गर्दा जनताले राजनीतिको फाइदा लिन नसक्ने जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077