काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ महिला सहभागिता बढाउन सबै राजनीतिक दलहरूलाई आग्रह गरेका छन्।
काठमाडौंमा बिहीबार आयोजित ‘निर्वाचन प्रणाली र महिला प्रतिनिधित्व’ अन्तरक्रियामा उनले शासन व्यवस्था र लोकतन्त्र बलियो बनाउन तथा मुलुकको बहुआयामिक विकासका लागि पनि
दलहरूले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको निर्वाचनमा महिलाको बढीभन्दा बढी सहभागिता गराउनुपर्ने बताएका हुन्।
अहिले मतदाताहरूमा दलगत मतदान गर्ने अरुचि देखा परेको उल्लेख गर्दै त्यसलाई हटाउन पनि राजनीतिक दलहरूले आगामी निर्वाचनहरूमा प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ महिलाको अधिक प्रतिनिधित्व गराउने कुरामा जोड दिए।
Leave a Reply