Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • खिमलाल देवकोटा भन्छन् – विदेशी महिलासँग विवाह गर्ने बित्तिकै नागरिकता दिने प्रावधान गलत छ

    खिमलाल देवकोटा भन्छन् – विदेशी महिलासँग विवाह गर्ने बित्तिकै नागरिकता दिने प्रावधान गलत छ

    अनलाइन नेपाल
  • बिहिबार, १२ साउन २०७९
  • 1.3K
    SHARES

    काठमाडौं। राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले विदेशी महिलासँग विवाह गर्ने वित्तिकै तात्तातै नागरिकता दिने प्रावधान गलत भएको बताएका छन्।

    राष्ट्रिय सभामा नेपाल नागरिकता ऐन पहिलो संशोधन विधेयक २०७९ माथि दफावार छलफलमा भाग लिँदै राष्ट्रिय सभा सदस्य देवकोटाले नागरिकतासम्बन्धी प्रावधान खुकुलो गराउन नहुने बताएका हुन्।



    उनले भने, ‘कल सेन्टरका नाममा चिनियाँहरूको साइबर अपराध र भारतीय ठगमा चिनियाँले नेपाली खटाउने विषय सार्वजनिक भएको छ। खुकुलो नागरिकता प्रावधानले संगठित अपराध बढ्ने हो की भन्ने चिन्ता पैदा भयो। दोहोरो नागरिकताको सम्भावना त छँदै छ।



    नागरिकताको सम्बन्धमा अहिले यति कडा व्यवस्था हुँदाहुँदै पनि नक्कली आमाबुबा बनेर वा बनाइएर नागरिकता लिन्छन् दिन्छन् भने भोलिको अवस्था कस्तो होला?’ कसैको प्रभावमा परेर हातहाती नागरिकता दिनुभनेको राष्ट्रप्रतिको गद्धारी हुने उनले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार