Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

चितुवाको छालासहित कञ्चनपुरबाट दुई जना पक्राउ

कंञ्चनपुर । कृष्णपुर नगरपालिका–३ देखतभुलीबाट दुई थान चितुवाको छालासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा डडेल्धुरा अमरगढी नगरपालिका–३ काडे घर भएकी ४० वर्षीया मालती मल्ल र सोही नगरपालिका–२ जोसिना घर भएका २९ वर्षीय मोहन सार्की रहेका छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

कृष्णपुर नगरपालिका–३ देखतभुलीस्थित धानबारीमा उनीहरूले उक्त छाला लुकाई राखेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077