Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

यम बुद्धको नाममा पार्क बनाउन एक करोड ५० लाख विनियोजन

काठमाडौं । यम बुद्धको नाममा पार्क निर्माणका लागि काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्ष २०७९/८० का लागि एक करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

महानगरले यसअघि र्‍यापर यम बुद्धको सालिक बनाउन चालू आवको बजेटमा १५ लाख बजेट विनियोजन गरेको थियो । तर, सालिक बनाउने निर्णयको विरोध भएपछि काठमाडौं–१६ खुसिबुस्थित नयाँबजारमा रहेको सार्वजनिक जग्गामा ‘यम बुद्ध’को नाममा पार्क बनाउने गरी बजेट छुट्याएको हो ।

महानगरले विष्णुमतीको किनारामा खाली रहेको जग्गामा यम बुद्धको नाममा पार्क बनाउन लागेको हो । तर, पार्कमा यम बुद्धको सालिक भने नरहने महानगरले जनाएको छ ।

यसअघि सालिक बनाउने निर्णयको विरोध भएपछि काठमाडौं महानगरका मेयर बालेन्द्र साहले ‘आफ्नो तलबबाट सालिक बनाउने घोषणा’ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077