Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • पर्यटनमन्त्री श्रेष्ठद्वारा पशुपतिमा ‘एक भक्त, एक वृक्षरोपण’ अभियान शुभारम्भ

    पर्यटनमन्त्री श्रेष्ठद्वारा पशुपतिमा ‘एक भक्त, एक वृक्षरोपण’ अभियान शुभारम्भ

    अनलाइन नेपाल
  • बिहिबार, १२ साउन २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । पशुपतिमा ‘एक भक्त, एक वृक्षरोपण’ अभियान शुभारम्भ भएको छ । पाशुपत क्षेत्रमा आज आयोजित एक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले रुद्राक्षको विरुवा रोपेर वृक्षरोपण अभियानको शुभारम्भ गरेका हुन् ।

    मन्त्री श्रेष्ठले विश्वका वैदिक सनातन हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र पशुपति क्षेत्रलाई आकर्षक तथा रमणीय बनाउन वृक्षरोपण अभियानले सहयोग पुग्ने विश्वास व्यक्त गरे।



    धार्मिक पर्यटकलाई आकर्षित गर्ने गरी पशुपति क्षेत्रलाई ध्यान, ज्ञान र योग साधना स्थलका रुपमा विकास गर्नुपर्नेमा उनले जोड दिए। वृक्षरोपण अभियान निरन्तर संचालन हुने कोषले जनाएको छ ।



    विरुवाको गोडमेल, मलजल र संरक्षणको जिम्मा कोषले लिनेछ । कोषले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा वृक्षरोपण अभियानलाई समेटेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार