सिमरा। माछापुच्छ्रे बैंकले दुर्घटनामा परी ज्यान गुमाएका ग्राहकका परिवारलाई बीमा बापत ७ लाख रुपैयाँ प्रदान गरेको छ ।
बैंकले बाराको सिमरा शाखामा स्मार्ट तलब खाता खोलेका उमाकान्त चौधरीको परिवारलाई स्मार्ट तलब खाताको बीमा सुविधा अन्तर्गत ७ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।
बैंकको सिमरा शाखाका ग्राहक रहेका चौधरीको दुर्घटनामा परी मृत्यु भएको थियो ।
बैंकले शून्य न्यूनतम मौज्दातमा खोल्न मिल्ने स्मार्ट तलब खातामा ग्राहकहरुलाई ७ लाख रुपैयाँसम्मको दुर्घटना बीमा, १ लाख रुपैयाँ बराबरको जटिल प्रकृतिका रोगको उपचार खर्च, ४० हजारसम्मको अस्पताल भर्ना खर्च र १० हजारसम्मको औषधी खर्च जस्ता सुविधाहरु प्रदान गर्दै आएको छ।
Leave a Reply