काठमाडौं । चुरे क्षेत्रका लागि आगामी ५ वर्षका करिब १५ अर्ब १७ करोड लागत अनुमान गरिएको छ ।
राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिद्वारा संशोधनको तयारीमा रहेको चुरे संरक्षणको गुरुयोजना कार्यान्वयनका लागि ५ वर्षमा उक्त लागत अनुमान गरिएको हो ।
समितिले चुरे तराई मधेश संरक्षण तथा व्यवस्थापनसम्बन्धी २० वर्षे गुरुयोजनाको समीक्षा तथा परिमार्जनसहित प्रस्ताव गरेको छ ।
२०७४ सालमा जारी गुरुयोजनामै हरेक ५ वर्षमा गुरुयोजना समीक्षा तथा परिमार्जन गरिने उल्लेख थियो । २०७३ सालमा स्वीकृत गुरुयोजनामा भने ५ र५ वर्षमा चार चरणका कार्यक्रम प्रस्ताव गरिएको थियो । कारोबार दैनिकबाट
Leave a Reply