Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • ठमेलको कल सेन्टरमा प्रहरी छापा, चारजना चिनियाँ पक्राउ

    ठमेलको कल सेन्टरमा प्रहरी छापा, चारजना चिनियाँ पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, ११ साउन २०७९
  • 1.5K
    SHARES

    काठमाडौं । काठमाडौंको ठमेलमा रहेको कल सेन्टरमा प्रहरीले छापा मारेको छ । बुधबार प्रहरीले ज्याठास्थित कल सेन्टरमा छापा हानेको हो ।

    उक्त कल सेन्टरबाट चार जना चिनियाँ नागरिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरी स्रोतका अनुसार कल सेन्टरबाट ४७२ थान मोवाइल र २६ थान ल्यापटप बरामद गरिएको छ ।



    सूचनाका विभिन्न प्रकारका प्रविधिमार्फत धाक, धम्की दिई, ब्यक्तिगत गोपनीयता ह्याकिङ गरी रकमको मोल मोलाई गर्ने र समाजमा उच्छृङ्खल गतिविधी गर्ने गरेको आरोप प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।



    यसअघि प्रहरीले रुपन्देहीको कल सेन्टर र तिनकुनेस्थित स्काई वर्ल्ड सर्भिस प्रालिमा छापा परेको थियो । प्रहरीले तिनकुनेस्थित कल सेन्टरबाट १ जना चिनियाँसहित ३६ जना लाई पक्राउ गरेको थियो ।

    सर्वसाधारणका लागी टेलिफोन बुथ र साइबर क्याफे संचालन गर्ने भनेर दर्ता गरिएको सो कम्पनीले विभिन्न एप्स मार्फत भारतमा ऋण दिएर मिटरब्याज असुल्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार