Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राजेन्द्र लिङ्देन भन्छन् - राप्रपा वैकल्पिक शक्तिका रुपमा स्थापित हुन अघि बढेको छ

कैलाली । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी अब देशको वैकल्पिक शक्तिका रुपमा स्थापित हुने बताएका छन् ।

कैलालीको धनगढीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी वैकल्पिक शक्तिका रुपमा स्थापित हुन अघि बढेको बताएका हुन् ।

'अब राप्रपा देशको वैकल्पिक राजनीतिक शक्तिका रुपमा अघि बढिसकेको छ, कसैले चाहेर पनि रोक्न सक्दैन’, उनले भने। अध्यक्ष लिङ्देनले वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा राप्रपाले परिणाम देखाउन नसके पनि वैकल्पिक शक्तिको रूपमा अघि बढेको सन्देश दिएको बताए।

उनले राप्रपा देश बचाउने, धर्म बचाउने पार्टी भएकाले यसप्रति युवादेखि जेष्ठ नागरिकसम्मको आकर्षण बढेको बताए। उनले राप्रपा बलियो भए मात्र देश बलियो हुने दाबी गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077