Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पूर्वअर्थमन्त्री जनार्दन प्रकरण : शुक्रबार प्रतिवेदन बुझाउने छानबिन समितिको तयारी

काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि बनेको संसदीय छानबिन समितिले शुक्रबार प्रतिवेदन बुझाउने तयारी गरेको छ । सिंहदरबारस्थित संसद सचिवालयको अर्थसमितिको हलमा बिहान ११ बजे सुरु भएको बैठकले प्रतिवेदन लेखनका बारेमा छलफल गरेको हो ।

समितिले बिहीबार प्रतिवेदनलाई अन्तिम रुप दिएर शुक्रबार बुझाउने तयारी गरेको बताइएको छ । समितिका सभापति सुरेन्द्र अर्यालले औपचारिक र अनौपचारिक रुपमा समितिले छानबिनका विषयमा छलफल गरेर समान धारणा बनाउने दाबी गरे । छलफलका क्रममा आएका फरक मतमा समेत सहमति खोजिने उनको भनाइ छ ।

सचिव अर्यालले बिहीबार साढे १२ बजे पुनः बैठक बस्ने जानकारी दिए । जनार्दन शर्माले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर गरेको आरोप लागेपछि उनले असार २२ गते राजीनामा दिएका थिए। सोही दिन छानबिनका लागि ११ सदस्यीय संसदीय छानबिन समिति गठन गरिएको थियो।

सभामुख अग्निप्रसाद सापकोटाले असार २२ गते गठन गरेको ११ सदस्यीय समितिको म्याद दोस्रोपटक ७ दिनका लागि थपिएको छ। समितिको पहिलो पटकको म्याद साउन ५ गते सकिएकोमा पुनः ७ दिनका लागि थप गरिएको थियो। समितिको म्याद बिहीबारसम्म छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077