Online Nepal
  • आइतबार, १४ पुष २०८१
  • राष्ट्रपति भण्डारीद्वारा नवनियुक्त राजदूतलाई पद तथा गोपनीयताको शपथ

    राष्ट्रपति भण्डारीद्वारा नवनियुक्त राजदूतलाई पद तथा गोपनीयताको शपथ

    अनलाइन नेपाल
  • बुधबार, ११ साउन २०७९
  • 972
    SHARES

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त पाँचजना राजदूतलाई बुधवार पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी छन्।

    राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा आयोजित समारोहमा राजदूत डा. दुर्गाबहादुर सुवेदी‚ दानबहादुर तामाङ‚ डा. शर्मिला पराजुली (ढकाल)‚ मिलनराज तुलाधार र प्रा.डा. रामस्वार्थ रायले शपथ लिएका थिए।



    सुवेदी जापान‚ तामाङ दक्षिण अफ्रिका‚ ढकाल स्पेन‚ तुलाधार रूस र राय डेनमार्कका लागि राजदूत नियुक्त भएका छन्।



    उक्त अवसरमा परराष्ट्रमन्त्री डा. नारायण खड्का लगायत उच्च पदस्थ अधिकारी समेत उपस्थित थिए।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार