Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एकान्तकुनामा टिप्परसँग मोटरसाइकल ठोक्कियो : एक जनाको मृत्यु, एक घाइते

काठमाडौं । ललितपुरको एकान्तकुनामा टिपरसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको छ । मोटरसाइकलको पछाडि सवार एक जना घाइते भएका छन् ।

मंगलबार राति नौ बजे बा ३ ख ५७७ नम्बरको रोकिराखेको टिपरमा बागमती प्रदेश ०२-०२७ प ६३३८ नम्बरको मोटरसाइकल ठोक्किंदा मोटरसाइकल चालक खोटाङ घर भई ललितपुरको ठेचो बस्ने २३ वर्षीय ठगेन्द्र राईको मृत्यु भएको हो ।

राईको उपचारको क्रममा अल्का अस्पताल जावलाखेलमा मृत्यु भएको प्रहरीले जनाएको छ । ललितपुरको महालक्ष्मी नगरपालिका बस्ने ३५ वर्षीय सुरज अधिकारी घाइते भएका छन् ।

उनको अल्का अस्पतालमा उपचार भइरहेको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077