Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मेलम्ची खोलाले धार परिवर्तन गरेपछि मेलम्ची–हेलम्बु सडक अवरुद्ध

सिन्धुपाल्चोक । सडकमा बाढी पसेपछि मेलम्ची–हेलम्बु सडक अवरुद्ध भएको छ ।

गएराति मेलम्ची खोलाको आएको बाढी किउलको गणेसेबगरमा मेलम्ची खोलाको धार परिवर्तन गरेर बाढी पसेपछि सडकखण्ड अवरुद्ध भएको हो ।

अवरुद्ध सडकखण्डमा अहिले मर्मतको काम भइरहेको हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए ।

उनले केही घण्टामा सडक सुचारु हुने बताए । सडक अवरुद्ध हुँदा आवतजावतमा समस्या भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077