काठमाडौं । सवारी साधनहरूको व्यवस्थापन गर्न सरकारले लाग गरेको डिजिटल प्रविधियुक्त इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोगको विरोध भएपछि सरकारले देवनागरीमै राख्ने तयारी अघि बढाएको छ।
इम्बोस्ड नम्बर प्लेटको विषयमा सडकदेखि सदनसम्म विरोध भएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले देवनागरीमा प्लेट राख्ने तयारी अघि बढाएको हो ।
नेपाली मौलिकता भल्काउन नम्बरप्लेट नेपालीमै लेख्ने तयारीअनुसार मन्त्रालयले सहमतिका लागि कानुन मन्त्रालयलाई लिखित पत्र पठाएको छ।
कानुन मन्त्रालयले अनुसूची हेरफेर गरेपछि मन्त्रीपरिषद्मा लैजाने कानुन बाटो खुल्ने मन्त्रालयका प्रवक्ता शिवप्रसाद नेपालले बताए । समाचार नेपाल समाचारपत्र दैनिकबाट
Leave a Reply