Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गगन थापा भन्छन् - नेपाल सम्पत्ति शुद्धीकरणको कालो सूचीमा पर्न सक्छ

काठमाडौं । कांग्रेस महामन्त्री तथा प्रतिनिधिसभा सदस्य गगन थापाले नेपाल सम्पत्ति शुद्धीकरणको कालोसूचीमा पर्नसक्ने जोखिम बढेको बताएका छन् ।

मंगलबार बसेको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै थापाले यस्तो बताएका हुन् । उनले नेपाल यसअघि कालोसूचीमा पर्नबाट जोगिएको तर यो पटक कालोसूचीमा पर्नसक्ने अवस्था रहेको बताए ।

नेपाललाई सम्पत्ति शुद्धीकरणको कालोसूचीमा पर्न नदिन सरकारले गरिरहेका काम संसद्लाई जानकारी गराउनुपर्ने पनि उनको माग छ ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी ४० वटा सूचीमा नेपालको अवस्थाबारे सरकारले तत्काल संसद्‍मा जानकारी गराउनु पर्ने माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077