Online Nepal
  • आइतबार, २८ पुष २०८१
  • ‘न्युड’ तस्बिर हटाउन माग गर्दै अभिनेता रणवीर सिंहविरुद्ध प्रहरीमा उजुरी

    ‘न्युड’ तस्बिर हटाउन माग गर्दै अभिनेता रणवीर सिंहविरुद्ध प्रहरीमा उजुरी

    अनलाइन नेपाल
  • मंगलबार, १० साउन २०७९
  • 849
    SHARES

    एजेन्सी । बलिउड अभिनेता रणवीर सिंहविरुद्ध प्रहरीमा उजुरी परेको छ। हालै पेपर म्यागजिनका लागि खिचाइएको ‘न्युड’ तस्बिर हटाउन माग गर्दै उनीविरुद्ध उजुरी दर्ता भएको हो।

    बलिउड हंगामाका अनुसार मुम्बईको चैम्बुर थानामा उजुरी दर्ता भएको हो। ललित श्यामले उनीविरुद्ध उजुरी दर्ता गर्दै गर्दै रणवीरलाई पक्राउ गरी कारबाही गर्न र सामाजिक सञ्जालबाट उक्त तस्बिर हटाउन माग गरेका छन्।



    उक्त तस्बिरले महिलाहरुको भावनालाई ठेस पु्र्‍याउने भन्दै आइपीसीको धारा ५०९, २९२, २९४, आइटी एक्ट ६७ए अनुसार कारबाही माग गरिएको छ।



    सामाजिक सञ्जालमा रणवीर ट्रोलको सिकारसमेत बनिरहेका छन्। तर बलिउड सेलिब्रेटीहरुको उनको पक्षमा उभिएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार