काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सांसदहरुलाई अनिवार्य मास्क लगाउन आग्रह गरेका छन् ।
प्रतिनिधि सभा बैठकमा आज सभामुखले कोरोना भाइरसको संक्रमण पुनः बढ्दै गएकाले अनिवार्य मास्क प्रयोग गर्न सांसदहरुलाई आग्रह गरेका हुन् ।
सापकोटाले भने ‘कोभिड १९ को संक्रमण दर निरन्तर रूपमा बढ्दै गएको माननीय सदस्यहरुलाई विदिदै छ र संसद् बैठकमा उपस्थित हुँदा आवश्यक सतर्कता अपनाउनु र मास्क प्रयोग गर्न हुन आग्रह गर्दछु,।
सापकोटाले बैठकमा उपस्थित हुँदा आवश्यक स्वास्थ्य सतर्कतासमेत अपनाउन पनि निर्देशन दिएका छन् ।
Leave a Reply