Online Nepal
  • आइतबार, १४ पुष २०८१
  • चुनावको मुखमा सरकार विदेशीलाई नागरिकता बाँड्न केन्द्रित भयो : भीमार्जुन आचार्य

    चुनावको मुखमा सरकार विदेशीलाई नागरिकता बाँड्न केन्द्रित भयो : भीमार्जुन आचार्य

    अनलाइन नेपाल
  • मंगलबार, १० साउन २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । संविधानविद् भीमार्जुन आचार्यले नेपालमा नेतृत्व गर्नेहरू शासक दुनियाँमा कही नभएको टिप्पणी गरेका छन्।

    देशको अर्थतन्त्र गिर्दो अवस्थामा सरकार विदेशीलाई नागरिकता बाँड्न केन्द्रित भएको आरोप लगाएका हुन्। देशको बजेटभन्दा बढी व्यापार घाटा र वैदेशिक ऋण भएको उल्लेख गरेका छन्।



    आचार्यले फेसबुकमा लेखेका छन्, ‘उनीहरूको ध्यान चुनावको मुखमा पछि आउने संसद्को समेत अधिकार कटौती हुने गरी विदेशीलाई नागरिकता बाँड्न केन्द्रित छ। शायद यो हदसम्मका नालायक, गैरजिम्मेवार र राष्ट्रविरोधी शासक दुनियाँमा अब बाँकी छैनन् होला।’



    उनले अब अति भइसकेकाले नेपालीहरु एकजुट भएर जाग्नुपर्ने बताए।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार