Online Nepal
  • बिहिबार, १७ असोज २०८१
  • बलात्कारको आरोपमा वडाअध्यक्ष नेगी कारागार चलान

    बलात्कारको आरोपमा वडाअध्यक्ष नेगी कारागार चलान

    अनलाइन नेपाल
  • मंगलबार, १० साउन २०७९
  • 777
    SHARES

    फाइल तस्विर

    बैतडी । बलात्कारको आरोपमा बैतडीको मेलौली नगरपालिका १ का वडाअध्यक्ष शरदसिंह नेगीलाई कारागार चलान गरिएको छ।

    जिल्ला अदालत बैतडीका न्यायाधीश तिलकबहादुर कार्कीको एकल इजलासले नेगीलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो।



    २८ वर्षीया महिलालाई गत २०७८ चैत्र १५ गते बलात्कार गरेको आरोपमा वडाअध्यक्ष नेगीसंगै सोही ठाउँका केशवसिंह नेगीलाई असार १४ गते पक्राउ गरिएको थियो।



    वडाअध्यक्ष नेगीसंगै सोही ठाउँका केशवसिंह नेगीलाई पनि पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ल प्रहरी कार्यालय बैतडीले जनाएको छ । नेगी वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा मेलौली नगरपालिका वडा नं। १ को अध्यक्षमा नेकपा एमालेबाट निर्वाचित भएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार