एजेन्सी । अमेरिकामा एक करोड ४० भन्दा बढी बालबालिकालाई कोरोना सङ्क्रमण भएको पाइएको छ । अमेरिकन एकेडमी अफ पेडियाट्रिक्स (एएपी) र बाल अस्पताल संस्थाले सो कुराको जानकारी दिएका हुन् ।
संस्थाहरुले गएको ४ हप्तामा मात्र यहाँ कम्तीमा पनि तीन लाख ११ हजार जना बालबालिकामा कोभिडको सङ्क्रमण भएको पाइएको छ ।
यहाँ सन् २०२२ मा मात्र अनुमानित ६१ लाख बालबालिकालाई कोभिडको सङ्क्रमण भएको देखिएको एएपीले जनाएको छ ।
कोभिडको सङ्क्रमण सुरु भएपछि अमेरिकामा धेरै मानिसको मृत्यु भएको छ । यसको असर यहाँ बालबालिकामा पनि परेको स्वस्थ्य अधिकारीहरुको भनाइ छ ।
Leave a Reply