विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले महानगरमा सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। कोइरालाको नाममा महानगर क्षेत्रभित्र ८५ कठ्ठा जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन्।
प्रमुख कोइरालाको नाममा विराटनगरको वडा नम्बर ११ र १५ मा रहेको आफ्नो व्यक्तिगत नामको जग्गाको विवरण मात्र सम्पति विवरणमा उल्लेख गरेका छन्। दुई वटा वडाका कित्ता नम्बर ३६, ४१, १२१, १५७ र ५९८ मा गरी उनको नाममा २८ हजार ७१९ वर्गमिटर ९८५ कठ्ठा जग्गा रहेको विवरणमा उल्लेख गरिएको छ।
विराटनगर १५ मा ७४ कठ्ठा र ११ नम्बर वडामा ११ कठ्ठा जग्गा भाइको नाममा रहेको भएपनि पैत्रिक सम्पत्तिबाट आफ्नो भागमा आएको उल्लेख गरिएको छ। जग्गाका आर्थिक मूल्यांकन कति हो भनेर उल्लेख गरिएको छैन्। कोइरालासँग ८० तोला सुन रहेको विवरणमा उल्लेख गरिएको छ। उनले ८ लाख रुपैयाँमा ८० तोला सुन खरिद गरेको कैफियतमा जनाएका छन्।
उनको नाममा सानिमा बैंकमा १० लाख रुपैयाँ नगद रहेको र उक्त नगद पनि पैत्रिक सम्पतिबाटै प्राप्त भएको भनिएको छ। उनको नाममा तीन करोड ३० लाख रुपैयाँ मूल्य पर्ने टोयोटाको प्राडो गाडी रहेको विवरणमा उल्लेख छ।
Leave a Reply