Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • प्लाष्टिकको झोला प्रयोगमा कडाइ गर्दै सरकार, भदौ १ गतेबाट आयात र बिक्री गरे कारबाही !

    प्लाष्टिकको झोला प्रयोगमा कडाइ गर्दै सरकार, भदौ १ गतेबाट आयात र बिक्री गरे कारबाही !

    अनलाइन नेपाल
  • मंगलबार, १० साउन २०७९
  • 1.5K
    SHARES

    काठमाडौं । सरकारले प्लाष्टिकका झोला उत्पादन, बिक्री वितरण तथा प्रयोगमा कडाइ गर्ने भएको छ । भदौ १ गतेदेखि ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन र प्रयोग गरेमा सरकारले कारबाही गर्ने भएको हो ।

    वन तथा वातावरण विभागले ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोलाले वातावरणमा अत्यन्त प्रतिकुल प्रभाव पारेको जनाएको छ । अनुगमनमा सरकारको निर्णय विपरित ४० माईक्रोनभन्दा पातलो प्लाष्टिक झोला प्रायोग, उत्पादन तथा बिक्री भएको पाइए वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली, २०७७ बमोजिम कारबाही हुने बिभागले जनाएको छ ।



    ‘यस्ता झोला प्रयोगपछि जथाभावी फाल्ने गर्दा खोला तथा नदीमा प्रदूषित भएको र ढल तथा पानीका निकासका पाइपमा जम्मा भइ ढल निकासमा समेत बाधा उत्पन्न भएको छ’, विभागले सूचना जारी गर्दै भनेको छ।



    यसअघि पनि विभागले प्लाष्टिक झोला उत्पादन, बिक्री वितरण तथा प्रयोगमा कडाइ गरेको थियो । सरकारले २०७८/०६/१९ को नेपाल राजपत्रमा सूचना प्रकाशन गरी ४० माईक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन, आयात, बिक्री, वितरण तथा प्रयोगमा प्रतिवन्ध लगाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार