Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

शेखर कोइरालाको आरोप - प्रधानमन्त्री देउवा पनि ओलीपथमा हिँडेका छन्

वीरगंज । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आगामी मंसिरमा हुने संघ र प्रदेशको चुनाव गर वा मरको अवस्था अवस्थामा हुने बताएका छन्।

नेपाली कांग्रेस वीरगंज नगर कमिटीद्वारा नगर सभागृहमा आयोजित पदस्थापन तथा प्रमाणपत्र वितरण कार्यक्रममा उनले विपी कोइरालाले कम्युनिस्टसँग सहकार्य गर्नुहुँदैन भनेको तर अहिले कांग्रेसले बाध्यात्मक अवस्थाको कारण नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलगायतका दलहरूसँग गठबन्धन गरेर चुनाव लड्ने निर्णय गरेको बताए।

कांग्रेसमा आन्तरिक एकता गरेर चुनाव लडिएन भने पार्टीको लागि निकै नै दुर्भाग्यपूर्ण हुने उनले चेतावनी समेत दिए।

कोइरालाले केपी शर्मा ओली प्रधानमन्त्री हुँदा सम्पति शुद्धीकरण विभागसहित तीनवटा निकाय आफू मातहतमा राख्दा विरोध भएको भन्दै पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पनि ओलीपथमा हिँडेको आरोप लगाए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077