Online Nepal
  • बिहिबार, ३ माघ २०८१
  • यू–२० साफ च्याम्पियनसिप : नेपालको सानदार सुरूवात, माल्दिभ्स ४–० गोलले पराजित

    यू–२० साफ च्याम्पियनसिप : नेपालको सानदार सुरूवात, माल्दिभ्स ४–० गोलले पराजित

    अनलाइन नेपाल
  • सोमबार, ९ साउन २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । भारतमा आजदेखी सुरु भएको यू–२० साफ च्याम्पियनसिप फुटबलमा नेपालले सुखद सुरुवात गरेको छ ।

    भुवनेश्वर स्थित कालिंगा रंगशालामा भएको उद्घाटन खेलमा नेपालले माल्दिभ्सलाई ४–० गोलले पराजित गरेको हो ।



    नेपालको जितमा दीपेश गुरुङ, सुगम सुवाल, क्रितिशरत्न छुन्जु र मनग्य नकर्मीले एक एक गोल गरे । नेपालले खेलको ४२ औँ, ५७ औँ, ६१ औँ र ९४ औँ मिनेटमा गोल गर्दै चार–शून्यले विजयी भयो ।

    आजै हुने अर्को खेलमा बेलुका ७ बजे श्रीलङ्का र बङ्गलादेश खेल्ने छन् । च्याम्पियनशिपमा आयोजक भारत र नेपालसँगै माल्दिभ्स, श्रीलङ्का र बङ्गलादेशको सहभागिता छ ।

    नेपालले अर्को खेलमा पर्सि श्रीलङ्कासँग खेल्नेछ । त्यस्तै भारतसँग आउँदो आइतवार र अन्तिम खेलमा बङ्गलादेशसँग आउँदो मङ्गलवार खेल्नेछ । शीर्ष दुई टोलीले उपाधिका लागि अर्को हप्ताको शुक्रवार प्रतिस्पर्धा गर्ने छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार