काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी एक कार्यक्रममा नागरिकता विधेयक र एमसीसीको विरोध गर्दै नाराबाजी भएको छ ।
सोमबार कमलादिस्थित प्रज्ञाभवनमा राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानको कार्यक्रममा नागरिकता विधेयक खारेज गर, एमसीसी मुर्दाबाद,देउवा मुर्दाबाद,राष्ट्रियताको रक्षा गरौं भन्दै नारा लगाएर विरोध भएको हो ।
कार्यक्रममा प्रधानमन्त्रीले सम्बोधन गर्न लाग्दा एक युवा प्लेकार्डसहित नागरिकता विधेयक खारेज गर, एमसीसीको मतियार शेरबहादुर देउवा मुर्दावाद, राष्ट्रियताको रक्षा गरौं, स्वाधीनताको रक्षा गरौंजस्ता नारा लगाएर विरोधमा उत्रिएका हुन् ।
नारा लगाउन थालेपछि ती युवालाई सुरक्षाकर्मीले बाहिर निकालेका छन् ।
Leave a Reply