Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नागरिकता विधेयकमा सरकारले ठिक काम गरेको छ : वामदेव

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले वैवाहिक अंगीकृत नागरिकता लिन चाहने महिलाले आफ्नो देशको नागरिकता त्याग्ने व्यवस्था गर्नुपर्ने बताएका छन्।

सोमबार राष्ट्रियसभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथि छलफलका क्रममा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले वैवाहिक अंगीकृत नागरिकता लिनु पहिले आफ्नो देशको नागरिकता परित्याग गर्नुपर्ने प्रावधान राख्नुपर्ने बताएका हुन्।

उनले सो प्रक्रिया पूरा गरेपछि मात्रै नागरिकता प्रदान गर्नुपर्ने बताए।

नागरिकताको समस्या समाधान गर्न सरकारले विधेयक ल्याएर ठिक गरेको भएपनि कतिपय प्रावधानहरु सच्याउनुपर्नेमा उनले जोड दिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077