Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जङ्गली च्याउ खाँदा एकै घरका पाँच जना बिरामी

जुम्ला । जङ्गली च्याउ खाँदा एकै घरका पाँच जना बिरामी परेका छन् ।

तिला गाउँपालिका–४ नुवाकोट गाउँका लक्ष्मीबहादुर हमालका परिवारका पाँच जना बिरामी भएका हुन् ।

बिरामी पर्नेमा लक्ष्मीबहादुर हमाल, उनकी पत्नी राममाया हमाल, छोरीहरू दर्शना हमाल र सम्झौता हमालका साथै उनको घरमा कामको सिलसिलामा बस्दै आएका चन्दननाथ नगरपालिका ९ रोकायाबाडाका लालबहादुर रोकाया रहेका छन् ।

हमाल परिवारले आइतबार साँझ जङ्गलबाट ल्याएको च्याउको तरकारी पकाएर खाएका थिए । उनीहरूको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077