Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • सांसदहरुलाई गृहमन्त्री खाँणको आग्रह – नागरिकताको व्यवस्था खुकुलो बनाउन विधेयक ल्याएको होइन

    सांसदहरुलाई गृहमन्त्री खाँणको आग्रह – नागरिकताको व्यवस्था खुकुलो बनाउन विधेयक ल्याएको होइन

    अनलाइन नेपाल
  • सोमबार, ९ साउन २०७९
  • 861
    SHARES

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता पाउने व्यवस्था खुकुलो बनाउन विधेयक ल्याएको भन्ने खालको आशंका नगरिदिन सांसदहरुलाई आग्रह गरेका छन् ।

    राष्ट्रियसभा बैठकमा नागरिकता ऐन संशोधन विधेयकमाथि सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले नेपाली नागरिकलाई व्यवस्थित रुपमा नागरिकता उपलब्ध गराउने उद्देश्यले सरकारले विधेयक ल्याएको बताएका हुन्।



    उनले साढे ६ लाख युवाले विविध कारण नागरिकता नपाएको उल्लेख गर्दै ती युवा नागरिकताको अभावमा विश्वविद्यालयमा भर्ना हुन, रोजगारीका लागि आवेदन दिन, बैंकमा खाता खोल्न, यहाँसम्म कि आफ्नो नाममा मोबाइलको सिमकार्ड लिन पनि वञ्चित भएको प्रस्ट पारे ।



    आवश्यक परेमा नागरिकता कै सवालमा पनि संविधान संशोधन हुने उनको भनाइ छ । नागरिकता पाउने व्यवस्था खुकुलो बनाउन विधेयक ल्याएको भनेर आशंका नगर्न सांसदहरुलाई आग्रह गर्दै नेपाली नागरिकलाई व्यवस्थित ढंगले नागरिकता दिन सरकारले विधेयक अघि बढाएको प्रस्ट पारे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार