काठमाडौं । आमाको नामबाट वंशजको नागरिकता पाउने व्यवस्थाको दुरुपयोग हुनसक्ने विषयले राष्ट्रियसभा प्रवेश पाएको छ ।
राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले सोमवारको बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको छलफलका क्रममा बोल्दै
राष्ट्रिय सभा सदस्य देवकोटाले आमाको नामबाट वंशजको नागरिकता पाउने व्यवस्था सकारात्मक भए पनि सो व्यवस्थाको दुरुपयोग हुनसक्ने उनले आशङ्का व्यक्त गरेका हुन् ।
लोभ, लालच देखाएर अथवा धम्क्याएर, नक्कली आमा खडा गरिने हो कि भन्ने उनले चिन्ता व्यक्त गरिन् । त्यस्तै आमाको नामबाट नागरिकता दिन आमाले स्वघोषणा गर्नुपर्ने कुराले महिलाको निष्ठा, आदर्श र पवित्रतामाथि नै अपमान भएको उनले बताएका हुन् ।
Leave a Reply