काठमाडौं । राष्ट्रियसभामा नेपाल नागरिकता ‘पहिलो संशोधन’ विधेयध, २०७९ माथि छलफलमा भाग लिँदै सांसद डा. बिमला पौडेलले नागरिकताजस्तो संवेदनशील विषयमा सरकारले बलमिच्याइँ गरेको आरोप लगाएकी छन्।
पौडेलले नागरिकता विधेयकलाई हतारमा ल्याएर संसदको अवमूल्यन गरेको भन्दै आपत्ती जनाएकी हुन् ।
साढे ६ लाखभन्दा बढी नागरिक नागरिकताविहीन रहेको भन्दै सांसद पौडेलले तिनीहरुले जसरी पनि नागरिकता पाउनुपर्ने बताइन्।
सार्क मुलुकका हरेक देशमा वैवाहिक अंगिकृत नागरिकताको समयसीमा रहेको भन्दै उनले वैवाहित अंगीकृत नागरिकताको प्रावधानमा समयसीमा किन नराखेको भन्दै प्रश्न गरिन्।
Leave a Reply