Online Nepal
  • शुक्रबार, ३० कार्तिक २०८१
  • राप्ती हाइड्रोको आईपीओ बाँडफाँड

    राप्ती हाइड्रोको आईपीओ बाँडफाँड

    अनलाइन नेपाल
  • सोमबार, ९ साउन २०७९
  • 813
    SHARES

    फाइल फोटो

    काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले असार २९ गतेदेखि साउन १ गतेसम्म जारी गरेको कुल २३ लाख ६६ हजार २४० कित्ता साधारण सेयर सोमबार बाँडफाँड भएको हो ।

    गोलाप्रथाबाट भएको आईपीओ बाँडफाँडमा २ लाख १७ हजार ६९४ जना आवेदकले जनही १० कित्ताका दरले कम्पनीको सेयर हात पारेको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।



    कम्पनीको आईपीओका लागि कुल १४ लाख ९१ हजार ७२२ जनाले आवेदन दिएका थिए । जसमध्ये १४ लाख ९० हजार २९८ आवेदन स्वीकृत भएको थियो भने १ हजार ४२४ आवेदन रद्द भएको कम्पनीले जनाएको छ ।



    कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निष्काशन गरेको सेयरमा बाँकी रहेको ३७ हजार ६२३ कित्तासहित २३ लाख ६६ हजार २४० कित्ता साधारण सेयर निष्काशन गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार