एजेन्सी । भारत बिहारमा एक भवनमा विष्फोट भएको छ । उक्त विस्फोटमा परेर ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सारण जिल्लाको रियाज मियाँ नामका व्यक्तिको घरमा आइतबार विष्फोट भएको थियो ।
सारण प्रहरीका एसपी सन्तोष कुमारले घटनामा ६ जनाको मृत्यु र ४ जना घाइते भएको पुष्टि गरेका छन् ।
उक्त घरमा पटाका उत्पादन हुने गरेको स्थानीयले बताएका छन् । विष्फोटपछि घरमा आगलागी भएको थियो ।
Leave a Reply