Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रतिनिधिसभाबाट कारागार विधेयक बहुमतले पारित, कैदीबन्दीलाई प्रजनन अधिकार

काठमाडौं । प्रतिनिधि सभाको आज आइतवारको बैठकले ‘कारागार विधेयक २०७८’ पारित गरेको छ । लामो समयपछि प्रतिनिधि सभाले यो विधेयक पारित गरेको हो ।

प्रतिनिधि सभाका सदस्यलाई यो विधेयक २०७६ मङ्सिर २९ गते वितरण गरिएको थियो । यस्तै त्यही वर्षको माघ २९ गते प्रतिनिधि सभामा प्रस्तुत भएको थियो भने चैत १९ गते सामान्य छलफल भएको थियो । विसं २०७६ चैत २९ गतेदेखि समितिमा दफाबार छलफल भएको थियो ।

प्रतिनिधि सभा दुई पटक विघटन भएपछि यो विधेयकसमेत प्रभावित भएको थियो । सरोकारवालाले बन्दीको अधिकार स्थापित हुने गरी कारागारसम्बन्धी कानुन ल्याउन सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए ।

विधेयकमा राखिएको बन्दीलाई प्रजनन अधिकारसहितको व्यवस्थालाई सांसदहरूले क्रान्तिकारी कदमको सङ्ज्ञा दिएका छन् । उनीहरूले विधेयक पारित भएसँगै चाँडो भन्दा चाँडो नियमावली बनाएर कार्यान्वयनमा लैजानसमेत माग गरेका छन् ।

नयाँ विधेयकले बन्दीको प्रजनन अधिकारको संरक्षण गरेको छ । कारागारमा बन्दीका रूपमा रहेका वैध दम्पतीको प्रजनन अधिकार संरक्षण गर्ने प्रयोजनका लागि तोकिएबमोजिम भेटघाट गर्ने अनुमति दिनुपर्ने व्यवस्था गरिएको छ । विधेयकमा प्रजनन अधिकार संरक्षणसम्बन्धी अन्य व्यवस्था तोकिएबमोजिम हुने प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077