काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारको स्थायी संरचना निर्माण तथा प्रहरी समायोजनका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण गराएका छन् ।
प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री रामसरोज यादव, गृह तथा सञ्चारमन्त्री भरत प्रसाद साह, अर्थ मन्त्री शैलेन्द्र प्रसाद साह, उर्जा तथा खानेपानी मन्त्री ओम प्रकाश शर्मा, महिला बालबालिका युवा तथा खेलकुद मन्त्री बिरेन्द्र प्रसाद सिंह,
उद्योग पर्यटन तथा वन मन्त्री शत्रुधन महतो, मुख्य न्यायाधिवक्ता दिपेन्द्र झा सहितको टोलीले प्रधानमन्त्री देउवालाई ध्यानाकर्षणपत्र बुझाएका हुन् ।
मुख्यमन्त्री राउतले जग्गा हस्तान्तरण गर्नुका साथै स्थायी भौतिक संरचनाका लागि चाहिने आर्थिक स्रोतको व्यवस्थापन गर्न संघीय सरकारसँग माग गरे।
Leave a Reply