काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन १८ गतेदेखि धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ । लघुवित्तले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा सर्वसाधारणका लागि आईपीओ जारी गर्न लागेको हो ।
कम्पनीले ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृत पाएको छ । कुल सार्वजनिक निष्कासन गर्न लागेको सेयरमध्ये १२ हजार ५०० कित्ता कर्मचारीहरुका लागि र ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरेको छ ।
बाँकी ९ लाख १३ हजार ७५० कित्ता शेयरका लागि सर्बसाधारणले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा छिटोमा २२ साउन र अवधिमा पर्याप्त आवेदन नपरेमा ढिलोमा १ भदौसम्म आवेदन दिने अवधि बढ्नेछ ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ३ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीले आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
Leave a Reply