Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गठबन्धन टिकाउन नागरिकता विधेयक पारित गरियो : शंकर पोखरेल

सुर्खेत । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ता गठबन्धन टिकाउनका लागि नागरिकता विधेयक संसदबाट पारित गरेको आरोप लगाएका छन् ।

प्रेस चौतारी नेपाल कर्णाली प्रदेशले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले नागरिकता विधेयक गठबन्धन टिकाउन गरिएको सम्झौता रहेको बताएका हुन् ।

विगतमा नागरिकता विधेयक रोक्ने काम माओवादी केन्द्रकै तर्फबाट भएको र प्रचण्ड भारतबाट फर्किए लगतै माओवादीकै अग्रसरतामा नागरिकता विधेयक पारित गरिनुले शंका पैदा गरेको पोखरेलले बताए ।

सत्ता गठबन्धन पूर्णरुपले असफल भएको र स्वार्थका लागि सत्ताको प्रयोग गर्ने प्रवृत्ति बढेको पोखरेलकोे आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077