Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • पूर्व मुख्यसचिव पौडेलले भने – नागरिकता विधेयक राष्ट्रियसभाबाट फिर्ता गरियोस्

    पूर्व मुख्यसचिव पौडेलले भने – नागरिकता विधेयक राष्ट्रियसभाबाट फिर्ता गरियोस्

    अनलाइन नेपाल
  • आइतबार, ८ साउन २०७९
  • 873
    SHARES

    काठमाडौं । पूर्व मुख्यसचिव लिलामणि पौडेलले संसदबाट पारित भएको नागरिकता विधेयमा आपत्ति जनाएका छन्।

    पौडेलले नागरिकता विधेयक समितिमा दफावार छलफलमा ‘नपठाइ हुन्छ र हुन्नु’ भन्दै पास गर्नु आपत्तिजनक रहेको बताएका हुन् ।



    सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन्, ‘२ वर्षसम्म संसदीय समितिमा छलफल गरेर समितिको सुझावसहित सदनमा पुगेको नागरिकता जस्तो संवेदनशील विधेयक एकाएक फिर्ता लगेर सरकारले संसदीय समितिका सिफारिस उल्टाएर नयाँ विधेयक पेश गर्नु र नयाँ विधेयक समितिमा दफावार छलफलमा नपठाइ ‘हुन्छ र हुन्नु’ भन्दै पास गर्नु आपत्तिजनक छ।’



    पौडेलले यस विधेयक राष्ट्रिय सभाले फिर्ता गर्नुपर्ने पनि बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार