Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • प्रेस युनियनको चुनाव : अध्यक्षमा शिव लम्साल अगाडि, अन्यमा को-को ?

    प्रेस युनियनको चुनाव : अध्यक्षमा शिव लम्साल अगाडि, अन्यमा को-को ?

    अनलाइन नेपाल
  • आइतबार, ८ साउन २०७९
  • 825
    SHARES

    हेटौंडा । नेपाली कांग्रेसनिकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको नवौं महाधिवेशनको मतगणना जारी छ । हेटौंडामा शनिबार सम्पन्न निर्वाचनको मतगणना शुरु भएको हो ।

    निर्वाचनको मत परिणाम आउने क्रम पनि सुरु भएको छ । अहिलेसम्म ६ सय २ मतगणना हुँदा अध्यक्षमा संस्थापन पक्षबाछ उम्मेदवार बनेका शिव लम्सालले अग्रता बढाएको छ । सस्थापन पक्षबाट अध्यक्षमा उम्मेदवारी दिएकी अनिता बिन्दुले २ सय ७१ मत पाएकी छन् ।



    संस्थापन इतर समूहबाट अध्यक्षको उम्मेदवार बनेका शिव लम्सालले ३ सय १६ मत प्राप्त गरेका छन् । लम्साल ४५ मतले अघि छन् । यस्तै उपाध्यक्ष खुल्लामा नकुल अर्यालले अग्रता बढाएका छन् । अर्यालले ३४२ मत पाएकाछन् । रामजी दाहालले २५० शेखर रेग्मी १८१, भीष्मराज ओझाले २८० मत पाएका छन् ।



    यस्तै केन्द्रीय उपाध्यक्ष बागमतीमा गिरिजाप्रसाद अधिकारीले २ सय ९१ मुरारी अधिकारीले २८४ मत पाएका छन् । हेटौंडाको रोयल पार्टी प्यालेसमा गत शुक्रबार (६ असार) बाट नवौं महाधिवेशन भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार