Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बाबुराम भट्टराई भन्छन् - स्थीर मानसिकता त्यागौं, गतिशील मानसिकता बोकौं

काठमाडौं । जनता समाजवादीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले स्थीर मानसिकता त्यागेर गतिशील मानसिकता बनाउन अनुरोध गरेका छन् । आइतबार ट्वीट गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले त्यसो गर्न सकियो भने जीवन सार्थक हुने र चरम आनन्द अनुभुति हुने बताएका हुन् । भट्टराईले समस्या मात्र हेरेर गनगन गर्दै यथास्थितिमा बस्ने नभइ समस्याको समाधान खोज्ने अग्रगामी जीवनमार्ग रोज्न आवश्यक भएको बताए । उनले ट्वीट गर्दै लेखेका छन्- 'समस्या मात्र हेरेर/देखेर गनगन गर्दै यथास्थितिमा बस्ने हैन समस्याको समाधानरविकल्प खोज्ने सिर्जनशील/परिवर्तनशील/अग्रगामी जीवनमार्ग रोजौं ! स्थीर मानसिकता त्यागौं, गतिशील मानसिकता बोकौं ! अनि जीवन सार्थक हुन्छस चरम आनन्द अनुभूति हुन्छ !'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077