काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले व्यवस्थापन गरेका विपदमा प्रयोग हुने एम्बुलेन्स तथा उपकरण सशस्त्र प्रहरी बललाई हस्तान्तरण गरिएको छ ।
शनिबार गृहमन्त्री बालकृष्ण खाँणले सशस्त्र प्रहरी बल नेपाललाई विपद्मा प्रयोग हुने विभिन्न उपकरण, तथा सवारी साधन हस्तान्तरण गरेका हुन् ।
सो अवसरमा माननीय गृहमन्त्री खाँणले सबै सामाग्री सम्बन्धित ठाउँमा पु¥याउन र जनधनको क्षति कम गर्न खोज तथा उद्धारमा यी सामाग्रीहरुको सदुपयोग गर्न निर्देशन दिए ।
हस्तान्तरण भएका सामग्रीमा थप आठ वटा ‘ए क्लास एम्बुलेन्स’ पनि छन् । ‘ए’ क्लासको एम्बुलेन्समा हुने सबै खालका उपकरणजडित आठवटा विपद् सामूहिक उद्धार एम्बुलेन्स रहेको प्राधिकरणले जनाएको छ ।
भेन्टिलेटर, अल्ट्रासाउण्ड मेसिनलगायत भूकम्प, पहिरो, आगलागी, वन डढेलो तथा बाढीजस्ता विपद्का घटनापछि खोज तथा उद्धारका लागि आवश्यक पर्ने ६२ प्रकारका उपकरण पनि हस्तान्तरण गरिएको छ ।
कार्यक्रममा नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताम सिंह, उद्योग बाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकाल तथा राष्ट्रिय अपाङ्ग कोषका अध्यक्ष डेकराज भट्टराई लगायतको उपस्थिति रहेको थियो ।
Leave a Reply