Online Nepal
  • शनिबार, १ मंसिर २०८१
  • मालिकार्जुन गाउँपालिकाले प्रेम सिंह धामी पत्रकारिता पुरस्कार प्रदान गर्ने

    मालिकार्जुन गाउँपालिकाले प्रेम सिंह धामी पत्रकारिता पुरस्कार प्रदान गर्ने

    अनलाइन नेपाल
  • शनिबार, ७ साउन २०७९
  • 1.4K
    SHARES

    दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकाले यो वर्ष देखि प्रेम सिह धामी पत्रकारीता पुरस्कारको व्यवस्था गर्ने भएको छ । गत असार १० गते पालिकामा पेश गरिएको निति तथा कार्यक्रममा गाउँपालिका अध्यक्ष हिरा सिह धामीले चालु आर्थिक वर्षदेखि प्रेम सिंह धामी पत्रकारिता पुरस्कारको व्यवस्था गर्ने घोषणा गरेका थिए ।

    मालिकार्जुन गाउँपालिका घर भइ जिल्लास्थित विभिन्न संञ्चारमाध्यममा काम गर्ने पत्रकारहरुलाई उक्त पुरस्कार दिइने गाउँपालिका अध्यक्ष धामीले जानकारी दिए ।



    यस्तै उनले मालिकार्जुन गाउँपालिका घरभएका सम्पुर्ण पत्रकारहरुलाई सम्मान गर्ने कार्यक्रम गर्ने रहेको पनि बताएका छन । पुरस्कार विरतण पालिकाले कार्यविधि बनाए मात्र वितण गर्ने जनाएको छ ।



    विःस २००९ साल भदौ २९ गते दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ स्थित घट्ट भन्ने ठाउँमा प्रेम सिंह धामीको जन्म भएको थियो । दार्चुला जिल्लाबाट निर्वाचित तत्कालीन सासंद प्रेमसिंह धामीले काठमाडौंलाई कालापानी किन दुख्दैन, भन्दै संसदमा गर्जिए उनको चर्चा हुन थालेको हो ।

    मालिकार्जुन गाउँपालिकाले पनि अहिले उनकै नामबाट पत्रकारीता पुरस्कारको व्यवस्था गर्न लागेको हो । यस्तै गाउपलिकाले एफ एम रेडियो पत्रपत्रिका अनलाइन संञ्चार माध्यम एवम सामाजिक संञ्जालको संञ्चालन तथा अधिकतम प्रयोग गरी जनचेतना कृषि सेवा, मौसम पुर्वअनुमान, यातायात, तथा ट्राफिक नियम सम्बन्धि सन्देश, बजार मुल्य, विपद तथा महामारी विरुद्ध सचेतना र विभिन्न किसिमका जनचेतना मुलक रेडियो कार्यक्रम उत्पादन गरी प्रसारणको व्यवस्था मिलाइने अध्यक्ष धामीले बताए ।

    गाउँपालिकामा प्रसारण क्षेत्र रहेका सामुदायिक रेडियोहरुको भौतिक पुर्वाधार उपकरण सहयोग र क्षमता विकास कार्यक्रम ल्याइने गाउँपालिकाको नीति तथा कार्यक्रममा समेटिएको छ । नेपाल पत्रकार महासंघ दार्चुला शाखाको भवन निर्माणका लागि पनि आवश्यक सहयोग गरिने गाउँपालिकाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार