Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • अमेरिकामा एक दशकपछि पहिलो पोलियोको बिरामी भेटिए

    अमेरिकामा एक दशकपछि पहिलो पोलियोको बिरामी भेटिए

    अनलाइन नेपाल
  • शनिबार, ७ साउन २०७९
  • 1.3K
    SHARES

    एजेन्सी । अमेरिकाले झन्डै एक दशकपछि पहिलो पटक पोलियोको बिरामी भेटिएको पुष्टि गरेको छ । न्युयोर्कको स्वास्थ्य विभागले रकल्यान्ड काउन्टीमा बस्ने एक व्यक्तिमा यो रोग भेटिएको परीक्षणपछि पुष्टि गरेको हो ।

    रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार अमेरिकाले सन् २०१३ मा अन्तिम पटक पोलियोको बिरामी भेटिएको थियो । मुखबाट दिइने पोलियो खोप (ओपीभी) लिएका व्यक्तिबाट पछिल्लो सङ्क्रमण सरेको भेटिएको स्वास्थ्य अधिकारीले बताएका छन् । तर, सन् २००० मा संयुक्त राज्य अमेरिकामा पोलियोका लागि मुखबाट दिइने खोप बन्द गरिएको थियो ।



    न्युयोर्कको स्वास्थ्य विभागले खोप नलगाएका मानिसलाई पोलियो खोपको मात्रा लिन आग्रह गरेको छ । पोलियोलाई उन्मूलन गर्न विश्वव्यापी प्रयास हुँदै आएको छ । पोलियो घातक भाइरल रोग मानिन्छ । जसले मुख्यगरी पाँच वर्षमुनिका बालबालिकालाई असर गर्छ ।



    अमेरिकामा सन् १९८८ पछि पोलियो सङ्क्रमितको सङ्ख्या ९९ प्रतिशतले घटेको छ । सन् १९८८ मा १ सय २५ वटा देशमा पोलियो फैलिएको थियो । अमेरिकामा सन् १९६० दशकको सुरुतिर खोप विकास भएपछि पोलियो न्यूनीकरण भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार