ताप्लेजुङ । ताप्लेजुङमा श्रीमानको कुटाइबाट शुक्रबार श्रीमतीको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार जिल्लाको फुङ्लिङ नगरपालिका – ९ हाङ्देवाको ५६ वर्षका बलबहादुर साँवाले आफ्नी ५४ वर्षकी श्रीमती कान्छिमायाँको कुटपीट गरी हत्या गरेका हुन् ।
उनलाई नियन्त्रणमा लिएर अनुशन्धान थालिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
घरयासी विवादका कारण श्रीमानले कुटपीट गर्दा कान्छिमायाँको घटनास्थलमै मृत्यु भएको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Leave a Reply