Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

युक्रेन र रुसबीच खाद्य सम्झौता, खाद्यान्न संकट समाधान गर्न सक्ने अपेक्षा

एजेन्सी । युद्धरत रुस र युक्रेनले ब्ल्याक सीबाट युक्रेनी खाद्यान्न निर्यात गर्नेसम्बन्धी महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गरेका छन् ।

टर्कीको राजधानी इस्तानबुलमा भएको हस्ताक्षर समारोहमा रुसी रक्षामन्त्री सर्गेइ सोइगु र युक्रेनी पूर्वाधारमन्त्री ओलेक्सान्दर कुब्राकोभले ‘ब्ल्याक सी ग्रेन इनिसिएटिभ’ सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सँगै बस्न अस्वीकार गरेका उनीहरूले सम्झौतापत्रमा पालैपालो हस्ताक्षर गरेका थिए । पहिले रुसी रक्षामन्त्री र त्यसपछि युक्रेनी पूर्वाधारमन्त्रीले हस्ताक्षर गरे । युक्रेनी खाद्यान्न अभावका कारण दशौँ लाख मानिसहरू भोकमरीको जोखिममा छन् ।

यस सम्झौताले युद्धका कारण युक्रेनमा थन्किएका लाखौँ टन अन्न निर्यात गर्न अनुमति दिनेछ । यसले युक्रेनमाथि रुसी आक्रमणका कारण विश्वमा देखिएको खाद्यान्न संकट समाधान गर्न सक्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077