काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खोटाङको एम अधिकारीबारे धेरै खोजी नगर्न आग्रह गरेका छन् ।
राज्यका विभिन्न निकायमा नेपाली कांग्रेसका समर्थक पनि रहेको भन्दै उनले एम अधिकारीबारे धेरै खोजी नगर्न आग्रह गरेका हुन् ।
एमालेले आफ्नो अर्थ तथा योजना विभागका सदस्य एम अधिकारी भन्ने व्यक्ति गभर्नर महाप्रसाद अधिकारी होइन भने पनि कांग्रेसले खोजिरहेको ओलीले बताए ।
एमालेको नीति तथा अनुसन्धान प्रतिष्ठानको कार्यक्रममा उनले भने, ‘नेकपा एमालेले भनिरहेको छ । खोटाङको एम अधिकारी कि के जाति खोज्या खोज्यै छ कांग्रेस, सबैतिर कांग्रेस छन् नि, न्यायालयमा कांग्रेस छन् । केन्द्रीय विभागका प्रमुख श्रीमान न्यायाधीश छन् कि छैनन् ? राजीनामा दिएको छ कहिले पनि सुनिएन नि त ?’
राज्यका अरु निकायमा पनि कांग्रेस कार्यकर्ता रहेको भन्दै ओलीले उनीहरुले राजीनामा दिएको नसुनिएको बताए ।
Leave a Reply