काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ।
राष्ट्र बैंक संचालक समितिले शुक्रबार आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीति सार्वजनिक गरेको हो।
मौद्रिक नीति सार्वनजिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिमार्फत् केन्द्रीय बैंकले स्थायी तरलता सुविधा (एसएलएफ) लाई बढाउने बताए ।
उनका अनुसार मौद्रिक नीतिलाई कसिलो बनाइएको छ । कर्जालाई उत्पादशील क्षेत्रतर्फ लक्षित गरिनेछ । कोभिडका कारण दिइएका सहज व्यवस्थालाई कटौति गरिनेछ।
Leave a Reply