काठमाडौं । सांसद कृष्णप्रसाद दाहालले कुनैपनि नेपाली नागरिकलाई नागरिकता दिनबाट बञ्चित गर्न नहुने बताएका छन् ।
प्रतिनिधि सभामा नेपाल नागरिकता पहिलो संशोधन विधेयक (२०७९ माथिको दफावार छलफलमा भाग लिँदै सांसद दाहालले सबै नेपालीलाई नागरिकता दिनुपर्ने बताएका हुन् ।
महिलाले विवाह गरेर विदेशबाट ल्याउनै नपाउने जस्तो विभेदकारी नीति ल्याउन नहुने बताए ।
उनले भने, ‘नेपाली महिलासँग विवाह गरेको विदेशी पुरुषलाई पनि अंगिकृत नागरिकता दिऔं । बरु १५ ले पुग्दैन भने २० वर्ष बसेको हुनुपर्ने भनेर राखौं ।’
Leave a Reply